बढ्यो सुनचाँदीको मूल्य

सहयात्रा टिभी

काठमाडौँ । असोज २, आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित : 18 September, 2022

प्रतिक्रिया दिनुहोस्