रात्री शो बन्द गराउने निर्णयप्रति आपत्ति जनाउँदै खड्कालेअध्यक्ष केसीको राजीनामा मागे

सहयात्रा टिभी

काठमाडौ । असोज २, अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । रात्री शो बन्द गराउने बोर्डको निर्णयप्रति आपत्ति जनाउँदै खड्काले राजीनामा मागेको जनाएको छ ।

विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको ‘प्रेमगीत-३’ प्रति लक्षित भएको खड्काको आरोप छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता खड्का चलचित्र विकास बोर्ड र निर्माता संघप्रति आक्रामक सुनिए ।

निर्माता संघले निर्माताको हकहितमा काम गर्न नसकेको भन्दै उनले समानान्तर निर्माता संघ खोल्ने चेतावनी पनि दिए । पत्रकार सम्मेलनमा खड्काले भने-उहाँले (भुवन केसीले) राजीनामा दिंदा इज्जत बढ्छ ।

‘मदिरा पिलाउँदै चल्ने रात्रीक्लबहरु बिहान ४ बजेसम्म चलाउन मिल्ने तर कफी र पपर्कनसहित सपरिवार हेर्न मिल्ने फिल्म हललाई ११ बजेभित्रै बन्द गर्नुपर्ने निर्णय अन्यायपूर्ण भएको बताए । निर्माता सन्तोष सेनले पनि आफूलाई चलचित्र विकास बोर्डको नियतले नरमाइलो लागेको बताए । प्रेमगीत ३ लाई पेल्ने उद्देश्यले अघि सारिएका बोर्डका निर्णयमा खोट देखिने बताए । अभिनेत्री क्रिस्टिना गुरुङले पनि राजनीति भएको भन्दै खुट्टा तान्ने काम बन्द हुनुपर्ने बताइन् ।

प्रकाशित : 18 September, 2022

प्रतिक्रिया दिनुहोस्