बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

सहयात्रा टिभी

काठमाडौ । असोज २, भक्तपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । दोलखाको शैलुङ गाउँपालिका-७ का १९ वर्षका अशोक भन्ने अनिश भुजेल १३ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका-१ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको उजुरी प्रहरीसमक्ष परेको थियो ।

त्यसपछि युवकलाई ललितपुर महानगरपालिका-९ मुलढोकाबाट पक्राउ गरी ल्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रकाशित : 18 September, 2022

प्रतिक्रिया दिनुहोस्