टुकुचा खोज्दै महानगरको टोलि हात्तीसार क्षेत्रमा

सहयात्रा टिभी

काठमाडौ । असोज २, काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि  टुकुचा खोज्दै महानगरको टोलि हात्तीसार क्षेत्रमा उत्खनन सुरु भएको छ ।

महानगरपालिकाको डोजर सहितको टोली केहीबेर अघि हात्तीसार पुगेको थियो । उक्त क्षेत्रमा डोजर चलिरहेको छ तर खोला भने भेटिएको छैन । टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि सो क्षेत्रमा डोजर चलाइरहेको छ ।

बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउण्डमा पनि महानगरले उत्खनन गरेको थियो ।

 

प्रकाशित : 18 September, 2022

प्रतिक्रिया दिनुहोस्