संविधान दिवसका अवसरमा ९९८ जनालाई विभूषित प्रदान

सहयात्रा टिभी

काठमाडौँ । असोज ३, संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए ।राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ ।

मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपतिले विभूषणको घोषणा गरेकी हुन् । पदक पाउनेको नामावली गृह मन्त्रालयमार्फत सार्वजनिक भएको हो ।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत राष्ट्रपति भण्डारीले संविधान दिवनमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको जनाएका छन् ।

प्रकाशित : 19 September, 2022

प्रतिक्रिया दिनुहोस्