किरात पत्रकार संघको अध्यक्ष अवतार राई

सहयात्रा टिभी

काठमाडौं । असोज ३, किरात राई पत्रकार संघ (किराप)को केन्द्रिय अध्यक्षमा अवतार राई चयन भएका छन्। आइतबार कोटेश्वर स्थिति किरात राई यायोक्खाको सुम्निमा हलमा भएको किरात राई पत्रकार संघ पाँचौ अधिवेशनले राईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

उनी यस अघि किराप पाँचौ अधिवेशन आयोजक समितिका संयोजक थिए। वरिष्ठ उपाध्यक्षमा रिता राराहाङ राई, उपाध्यक्षमा विशाल राई निर्वाचित भएका छ्न्। अर्को एक उपाध्यक्ष पद खाली छ।

त्यस्तै,महासचिवमा कृष्णजित राई,सचिवहरुमा गोविन्द राई,राजकुमार राई,गोमा राई र बुद्धि चाम्लिङ राई निर्वाचित भएका छन्। कोषाध्यक्षमा नुनुता राई चयन भएकी छ्न्। सह-कोषाध्यक्ष पद खाली छ। खाली भएको पद र सदस्यहरुमा नया कार्य समितिको पहिलो बैठकले पदाधिकारी चयन गर्ने निर्णय भएको छ।

अधिवेशन उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पछिल्लो समय व्यवसायिक पत्रकारिता क्षेत्रमा राईहरूको संख्या उल्लेख्य रहेको बताए। उनका अनुसार करिब १५ हजारले पत्रकारिता सदस्य लिएकोमा करिब ३ सय राईहरु रहेका छन्।

प्रकाशित : 19 September, 2022

प्रतिक्रिया दिनुहोस्