माइतीघरमा संविधान जलाउन खोज्ने ५ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । असोज ३, संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले संविधान जलाउन खोजेका थिए ।  पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका  एकजना अधिकृतले जानकारी दिए ।

प्रकाशित : 19 September, 2022

प्रतिक्रिया दिनुहोस्