भारतलाई हराउने च्याम्पियनसिप टिमनै पहिले मैदानमा उत्रीने

सहयात्रा टिभी

काठमाडौं । असोज ३, साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले सेमिफाइनलमा भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्ने भएको छ ।

बंगलादेशविरुद्ध दशरथ रंगशालामा हुन लागेको खेलमा नेपालले भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्न लागेको हो ।

नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिने छन् ।

प्रकाशित : 19 September, 2022

प्रतिक्रिया दिनुहोस्