सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडाै । असोज ४,  सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । कार्यदलसहितको बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

 

सीट बाँडफाँटको अन्तिम सहमति जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरु बैठक बस्न लागेको कार्यदलका एक नेताले बताए । सीट बाँडफाँटमा सहमति नजुटेपछि यसअघि पटक पटक बसेको बैठक निष्कर्षविहीन भएको थियो । बैठकमा सिट बाँडफाँटसहित आगामी चुनावको तयारीबारे पनि छलफल हुने बताइएको छ ।

प्रकाशित : 20 September, 2022

प्रतिक्रिया दिनुहोस्