आज देशभर सामान्य बदली भई केही ठाउँमा चट्याङसहित वर्षा हुने

काठमाडौ । असोज ४, आज देशभर सामान्य बदली भई केही ठाउँमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ । सुदूरपश्चिम, लुम्बिनी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राजधानी काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि आंशिक बदली रहेको छ । आज काठमाडौंको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहने अनुमान छ ।