चितवनको पुरानो मेडिकल कलेजले मिर्गौला रोगीको डायलासिस सेवा रोक्यो

काठमाडौ । असोज ५, चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) ले मिर्गौला रोगीको नियमित डायलासिस रोकेको छ ।
यो मेडिकल कलेजबाट दैनिक ४७ जना बिरामीले निशुल्क डायलासिस सेवा लिदै आएका छन् । मेडिकल कलेजले निशुल्क डायलासिस सेवा दिएवापत सरकारले दिनुपर्ने रकम नदिएको भन्दै कलेजले सेवा रोक्दा मारमा भने मिर्गौला रोगी बिरामी परेका छन् ।
नहुँ, लमजुङ, गोरखा, नवलपरासी, मकवानपुर, चितवनका मृगौला रोगीले कलेजमा नियमित निशुल्क डायलासिस गराउँदै आएका थिए । मिर्गौला पीडित सरोकार समाज चितवनका सल्लाहकार जीवनाथ पराजुलीले सरकारले रकम नदिएको बहानामा कलेजले डायलासिस सेवा रोक्नु गलत भएको बताए ।
‘कोही हप्तामा २ पटक त कोही ३ पटकसम्म यहीँ आएर डायलासिस सेवा लिएर जीवन बचाएका छन्, यसरी हठात रुपमा रोकेपछि उनीहरूको मर्नुबाहेक के हुन सक्छ र रु’ पराजुलीले भने, ‘यस्तो मानवीय सम्वेदनशील विषयमा पनि खेलवाड गर्ने काम राम्रो भएन ।’