राष्ट्रपतिको विरोधमा जसपा द्धारा वीरगन्जमा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौ । असोज ५, नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा वीरगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ।

जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगर कमिटीले बुधबार दिउँसो राष्ट्रपति भण्डारी विरूद्ध प्रदर्शन गर्दै उनको पुतला दहन गरेको हो । जसपा कार्यकर्ताले झण्डै आधा घण्टासम्म आदर्शनगरमा टायर बालेर प्रर्दशनसमेत गरेका थिए ।

यादवले राष्ट्रपति भण्डारीको असंवैधानिक कदमविरूद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्न दिउँसो ४ बजे वीरगञ्जमा जसपाको बैठक बोलाइएको बताए।

बैठकमा जसपाका केन्द्रिय सदस्य, प्रदेशसभा सदस्य लगायतका नेताहरू सहभागी हुने जसपा महानगर कमिटी अध्यक्ष यादवले जानकारी दिए।

यसअघि सिके राउत नेतृत्वको जनमत पार्टीले पनि आज बिहान राष्ट्रपति भण्डारी विरूद्ध टायर बालेर प्रदर्शन गर्दै सिरहाको कसहामा पुत्ला जलाएको थियो।

प्रकाशित : 21 September, 2022

प्रतिक्रिया दिनुहोस्