राजु श्रीवास्तवको आज अन्तिम संस्कार गरिँदै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । असोज ६, बुधबार निधन भएका भारतीय हास्यकलाकार राजु श्रीवास्तवको अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहीबार बिहान ८ बजेदेखि १० बजे सम्म राखिने छ ।
त्यसपछि बिहान १० बजे दिल्लीको निगमबोध घाटमा हास्यकलाकारको अन्तिम संस्कार गरिनेछ । यो कुराको पुष्टि उनको पारिवारिक स्रोतले गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
राजुकी श्रीमती शिखा श्रीवास्तवले मिडिया हाउससँगको कुराकानीमा भनिन्, ‘अहिले म बोल्न सक्दिनँ, अब के भनूँ, उनले धेरै संघर्ष गरे, म साँच्चै आशा र प्रार्थना गरिरहेको थिएँ कि उनले यो लडाइँ लडेर फर्कनेछन् । तर, त्यस्तो भएन । म यति मात्र भन्न सक्छु कि उहाँ एक सच्चा योद्धा हुनुहुन्थ्यो ।’
त्यस्तै, राजुको निधनप्रति उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले ट्वीट गर्दै दुःख व्यक्त गरेका छन् । ‘हाम्रो प्रिय भाजपा नेता राजु श्रीवास्तवको असामयिक निधनले दु:खी छु, एक प्रसिद्ध हास्य कलाकार जसले आफ्नो कलाले फिल्म जगतमा छाप छोडेका छन्, उहाँको निधनले कला र चलचित्र जगतमा अपूरणीय क्षति पुगेको छ ।’
प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, अखिलेश यादवलगायत अन्य ठूला नेता तथा चलचित्रकर्मीले हास्यकलाकार राजुको निधनमा शोक व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भन्नु भएको छ, ‘राजु श्रीवास्तवले हाम्रो जीवन हाँसो र सकारात्मकताले उज्यालो बनाएका छन् । उहाँले हामीलाई चाँडै छोड्नुभयो, तर उहाँ आफ्नो समृद्ध कामको लागि धन्यवाद वर्षौंसम्म अनगिन्ती मानिसहरूको हृदयमा बाँच्नुहुनेछ। उनको मृत्यु दुःखद छ । उहाँका परिवार र फ्यानहरूलाई समवेदना । ओम शान्ति ।’