कैलालीमा श्रीमतीको हत्या गरि श्रीमान् फरार

सहयात्रा टिभी

कैलाली । असोज ६, कैलालीमा आज बिहीबार बिहान श्रीमतीको हत्या गरि श्रीमान् फरार भएका छन् ।

गौरीगंगा नगरपालिका–५ मा बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र बिहीबार बिहान श्रीमतीको हत्या गरि फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएको बताइएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शेरबहादुरको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 22 September, 2022

प्रतिक्रिया दिनुहोस्