बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो,मकवानपुर

सहयात्रा टिभी

काठमाडौ । असोज ६, मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।

६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।

काठमाण्डौबाट हेटौँडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्न सकेको छैन । घाइतेहरूको हेटौँडाका अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाग्रस्त हुँदा काठमाण्डौ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको जीपमा ठोक्किएको जनाइएको छ ।

 

प्रकाशित : 22 September, 2022

प्रतिक्रिया दिनुहोस्