अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयात्रा टिभी

काठमाडौ । असोज ७, आज अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘साङ्केतिक भाषाले हामीलाई एकताबद्ध गर्छ’ भन्ने नाराकासाथ दिवस नेपालसहित विश्वका दुई सयभन्दा धेरै देशमा मनाउन लागिएको हो।

 

यसवर्ष धरहरामा निलो बत्ती बालेर बहिरा समुदायको पहिचान, समानता, विकास तथा मान्यताको सन्देश प्रवाह गर्दै दिवस मनाउन लागेकराष्ट्रिय बहिरा महासङ्घ नेपालले जनाएको छ।

संयुक्त राष्ट्र सङ्घको सन् २०१७ डिसेम्बरको २१औँ महासभाले बहिरा नागरिकहरूको सञ्चारको माध्यम साङ्केतिक भाषाको अधिकारलाई पहिचान गरी हरेक वर्षको सेप्टेम्बर महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका रूपमा विश्वभर मनाउने प्रस्ताव पारित गरेको थियो।

विश्वभरि ७ करोड २ लाखभन्दा धेरै मानिस सुस्त श्रवणशक्ति भएका छन् । यिनीमध्ये ८० प्रतिशतभन्दा धेरै मानिसहरू विकासोन्मुख देशमा बस्छन् । नेपालमा बहिरा विद्यालयको स्थापना २०२३ सालमा भए पनि नेपाली साङ्केतिक भाषाको प्राविधिक अभियान भने २०४५ सालदेखि सुरु भएको हो।

 

प्रकाशित : 23 September, 2022

प्रतिक्रिया दिनुहोस्