सिरियामा डुंगा पल्टिदा ३४ जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सि । असोज ७, लेबनानबाट आप्रवासी बोकेको एउटा डुंगा सिरियाको तटमा पल्टिदा ३४ जनाको मृत्यु भएको छ । लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरू संकटग्रस्त क्षेत्र लेबनानबाट भागेर युरोप जाने प्रयास गर्दा यस्तो घटना भएको हो ।

सिरियाको सरकारी टेलिभिजनले सिरियाली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त घटनामा ३४ जनाको मृत्यु भएको र बाँचेका २० जनाको तटीय सहर टार्टसको अल–बासेल अस्पतालमा उपचार भइरहेको बताएको छ । दुर्घटनामा मृत्यु भएका अधिकांश आप्रवासी लेबनानी र सिरियाली रहेका छन् ।

राज्य मिडियाले एक जीवित व्यक्तिलाई उद्धृत गर्दै भनेको छ, ‘डुङ्गाले १५० जना भन्दा बढी मानिसहरू बोकेका थियो । समुद्रमा १ सय भन्दा बढी आप्रवासीहरू अझै बेपत्ता छन् ।’

प्रकाशित : 23 September, 2022

प्रतिक्रिया दिनुहोस्