गोरखाको ओलाङमा ट्र्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

काठमाडौ । असोज ७, गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ को ओलाङमा ट्र्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको जनाएको छ ।
गएराति ११ बजेतिर ग १ त ४५७४ नम्बरको ट्र्र्याक्टर पल्टिँदा सिरानचोक गाउँपालिका छोप्राक घर भएका चालक २७ वर्षका विक्रम श्रेष्ठको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सुपर चेपे हाइड्रोपावरको सिमेन्ट बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा ट्र्र्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक प्रमुख वेदनाथ भण्डारीले बताउनुभयो ।