मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सहज जीत

सहयात्रा टिभी

काठमाडाै । असोज ८, कप्तान लियोनेल मेस्सीको दुई गोलको मद्दतले अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा होन्डुरसमाथि ३–० को सहज जीत हासिल गरेको छ ।

मायामीमा खेलिएको खेलमा लाउटारो मार्टिनेजले खेलको १६ औँ मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६९ औँ मिनेटमा अर्को गोल थप्दै मेस्सीले अर्जेन्टिनाको जीत सुनिश्चित गरे ।

प्रकाशित : 24 September, 2022

प्रतिक्रिया दिनुहोस्