नेपाली चलचित्र जगतमा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थप्याे: अध्यक्ष प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । असोज १०,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली चलचित्र जगतमा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताएका छन् ।

आइतबार साँझ चितवनकाे नारायणगढस्थित इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् । ‘प्रेमगीत ३’ चलचित्र हेर्न लायक भएकाे उनले तर्क गरेका छन् ।

उनले नेपालीले बनाएको याे चलचित्र सबैतिर प्रचार भएको समेत बताए । उनले यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्ड आइतबार ६ः०९ बजेको शो हेर्न चलचित्र भवन पुगेका थिए ।

प्रकाशित : 26 September, 2022

प्रतिक्रिया दिनुहोस्