यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्डले बेल्जियममाथि १–० को जित हात पर्यो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौ । असोज १०, यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्डले बेल्जियमलाई पराजित गरेको छ । कप्तान भर्जिल भान डाइकको गोलमा नेदरल्यान्डले बेल्जियममाथि १–० को जित निकालेको हो ।
जितसँगै समूह ुएु चारमा रहेको नेदरल्यान्ड पछिल्लो १५ खेलसम्म अपराजित भएको छ । उसले ६ खेलबाट १६ अङ्क जोडेको छ । बेल्जियम १० अङ्क जोडेर पुछारमा छ । यस्तै, यही समूहको अर्को खेलमा पोल्यान्डले वेल्सलाई १–० ले पराजित गरेको छ । हारसँगै वेल्स रेलिगेसनमा परेको छ ।
यस्तै, अर्को खेलमा डेनमार्कले फ्रान्सलाई हराएको छ । राति भएको खेलमा समूह एक मा रहेको डेनमार्कले फ्रान्सलाई २–० गोल अन्तरले हराएको हो । डेनमार्कलाई जित दिलाउन कास्पर डोल्बर्ग र आन्द्रेस ओल्सेनले एक एक गोल गरे ।
जितसँगै डेनमार्कले ६ खेलमा १२ अङ्क जोडेको छ । डेनमार्क समूहको दोस्रो स्थानमा रहेको छ फ्रान्स ५ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।