रुस र युक्रेन युद्धका कारण पश्चिमाहरुले विभिन्न समस्या झेल्दै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौ । असोज १०, यो जाडोमा ऊर्जा अभावका कारण युरोपले पहिलो पटक समस्या भोग्न सक्ने चिन्ता व्यक्त भइरहेको छ । अमेरिकी शिविरमा रहेका देशहरूले आफैंले लगाएको प्रतिबन्धबाट यति धेरै नोक्सान भोग्नुपरेको यो पहिलो पटक हो।
अमेरिकाले आफ्ना सहयोगी मुलुकहरू जस्तै युरोपेली युनियन, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया आदिले रुसलाई महत्वपूर्ण युद्ध प्रविधिको निर्यातमा प्रतिबन्ध मात्र लगाएको छैन, रुसी बैंकलाई पनि प्रतिबन्ध लगाएको छ ।
युरोपेली देशहरूले आफ्नो कोइलाबाट चल्ने पावर प्लान्टहरू पुनः सुरु गर्ने निर्णय गरेका छन्, तर यो त्यति सजिलो भने हुनेछैन । यस्तो अवस्थामा यो जाडोमा ऊर्जा अभावका कारण युरोपले पहिलो पटक समस्या भोग्न सक्ने चिन्ता व्यक्त भइरहेको छ ।
अमेरिकी शिविरमा रहेका देशहरूले आफैंले लगाएको प्रतिबन्धबाट यति धेरै नोक्सान भोग्नुपरेको यो पहिलो पटक हो।आज अमेरिका र युरोपेली देशहरू गम्भीर मन्दी र मुद्रास्फीतिको खतराबाट गुज्रिरहेका छन् र यसको एउटा मुख्य कारण रुसलाई देखाइएको छ ।
पछिल्लो दुई त्रैमासिकमा अमेरिकाको कुल ग्राहस्थ उत्पादन घटेको छ भने युरोपेली मुलुकको अवस्था पनि त्यस्तै छ । ऊर्जा सङ्कट र सुस्त आर्थिक वृद्धिका कारण युरोपमा मन्दीको सङ्कट स्पष्ट देखिन थालेको बताइएको छ ।