मनास्लुमा हिमपहिरो केही घाइतेको उद्धार चल्दै

सहयात्रा टिभी

काठमाडौ । असोज १०, मनास्लु हिमालमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परि केही व्यक्ति घाइते समेत भएका विवरण प्राप्त भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताउनुभयो ।

उहाँले हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाण्डौबाट सामागाउँमा हेलिकप्टर पठाएको बताउनुभयो । सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो ।

यस्तै आरोही निर्मल पुर्जाले फेसबुकमा स्टाटस लेखेर मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिनुभएको छ ।

गोरखाको मनास्लु हिमाल आरोहणका लागि यो सिजनमा ३८ वटा अरोहण दलका चार सय चार जनालाई अनुमति दिएको छ । जसमा ९७ जना महिला र तीन सय सात जना पुरुष रहेका छन् ।

मनास्लु हिमाल शरदयाममा आरोहणका लागि लोकप्रिय मानिन्छ । जिल्ला प्रहरी कार्यालय गोरखाले घटनास्थलमा टोली गइरहेको जनाएको छ ।

 

प्रकाशित : 26 September, 2022

प्रतिक्रिया दिनुहोस्