दशरथ रंगशालामा नेपाल र बंगलादेशको खेल आज

काठमाडौं । असोज ११, नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
नेपाल आउनुअघि कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर बंगलादेश काठमाडौं ओर्लिएको हो । उक्त खेलमा बंगलादेश १–० ले पराजित भएको थियो ।
नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।