ललितपुरमा बृहत् सांस्कृतिक मेला गर्दै, आज ४३ औँ विश्व पर्यटन दिवस

सहयात्रा टिभी

काठमाडौं । असोज ११,आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने मूल नारासहित विश्वभर ४३ औँ पर्यटन दिवस मनाउन लागिएको हो ।

पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिएको छ ।

ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा आज सांस्कृतिक मेला पाटन दरबार क्षेत्र, मंगलबजारमा हुन लागेको हो ।

आज बिहान पर्यटकहरूलाई स्वागत गरेर शुरू हुने सांस्कृतिक मेलामा ललितपुर महानगरपालिकाको पयर्टनसँग सम्बन्धित वेबसाइटको लोकार्पण, सम्पदा पदयात्रालगायतको पनि कार्यक्रम रहेको मेलाका संयोजक एवमं वडा नम्बर–१९ का अध्यक्ष राजेन्द्र महर्जनले बताउनुभयो ।

सांस्कृतिक मेलामा पाँच सय जना भन्दा धेरै कलाकारहरुले परम्परागत संगित तथा नृत्यको प्रस्तुति गर्ने मेलाका आन्तरिक संयोजक मोहन व्यञ्जनकारले बताउनुभयो । यसको लागि ज्यापू समाज यल, बौद्ध विहार संघ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरले ३ महिना अघिदेखि नै सयौं कलाकारहरूलाई नायःखिं, धिमे, धाः लगायतपरम्परागत बाजाको प्रशिक्षण समेत दिएको छ ।

 

प्रकाशित : 27 September, 2022

प्रतिक्रिया दिनुहोस्