विश्वकप फुटबललाई ‘पे च्यानल’ बनाएर प्रसारण हुने तयारी

काठमाडौं । असोज ११, सन् २०१८ को विश्वकप फुटबल हेर्न दर्शकले नेपालकै दुई वटा तथा विदेशका अन्य टेलिभिजनहरुमा पनि सजिलै पाएका थिए, त्यो पनि कुनै अतिरिक्त शुल्क नतिरी।
नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजनबाहेक स्टार स्पोर्टस् र सोनी च्यालनमा विश्वकप हेरेका दर्शकले यसपटक ती च्यानलबाट विश्वकप हेर्न पाउने छैनन् ।
त्यसका लागि उनीहरुले अतिरिक्त शुल्क तिरेर छुट्टै च्यानलमा विश्वकप हेर्नुपर्नेछ ।
नेपालमा विश्वकप फुटबल प्रसारणको अनुमति लिएको मिडिया हबले यसपटक विज्ञापन र दर्शकबाट दोहोरो शुल्क उठाएर विश्वकप देखाउन लागेको हो ।