ताप्लेजुङको फावाखोलामा पुल बनेपछि अर्को जिल्ला घुमेर यात्रा गर्नुपर्ने बाध्यता हट्यो

काठमाडौं । असोज ११, ताप्लेजुङको पूर्वी गाउँपालिकाहरूको सिमानामा रहेको फावाखोलामा मोटरेबल पुल बनेपछि अब अर्को जिल्ला घुमेर यात्रा गर्नुपर्र्ने बाध्यता हटेको छ ।
प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामले पुल उद्घाटन गर्नुभयो ।पुल बनेपछि दुई पालिकामात्र नभइ कञ्चजंघा हिमाल चढ्न पुग्ने पर्यटकका लागि पनि यो पुल सहज बनेको छ ।
पुल नहुँदा सिरिजंघा आउजाउ गर्न पाँचथरको सिंहपुर, भालुचोक, गणेश चोक थर्पु हुँदै काबेली खोला तरेर घुम्नुपर्ने बाध्यता थियो । अब भने ताप्लेलुङ जिल्लाबाट नै सिरिजंघा पुगिने छ ।
फुङलिङ नगरपालिका ११ फावाखोला र सिरिजंघा गाउँपालिका ३ सिकैचाको बीचमा रहेको फावाखोलामा पुल निर्माण सम्पन्न भएको हो ।