दादासाहेब फाल्के अवार्ड बाट वरिष्ठ अभिनेत्री आशा पारेख सम्मानित

सहयात्रा टिभी

काठमाडौं । असोज ११, भारतीय फिल्मको सर्वोच्च सम्मान दादासाहेब फाल्के अवार्ड यस वर्ष वरिष्ठ अभिनेत्री आशा पारेखलाई प्रदान गरिने भएको छ ।

भारतीय फिल्ममा योगदान पुर्‍याएबापत उनलाई अवार्ड दिन लागिएको भारत सरकारले जनाएको छ ।

समाचार संस्था एएनआईले दादासाहेब फाल्खे अवार्ड दिइने कुराको पुष्टि गरेको छ । ७९ वर्षीया अभिनेत्री पारेखलाई ६८ औं राष्ट्रिय पुरस्कार दिइन लागिएको हो ।

पछिल्लोपटक सन् २०१९ मा प्रदान गरिएको सम्मान दक्षिण भारतीय सुपरस्टार रजनीकान्तलाई प्रदान गरिएको थियो ।

२२ वर्षयता कुनै महिला फिल्मकर्मीलाई यो सम्मान दिइन लागिएको हो । सन् २००० मा गायिका आशा भोस्लेलाई यो अवार्ड दिइएको थियो ।

त्यसपछि अभिनेत्री पारेख दादासाहेब फाल्के अवार्ड जित्ने महिला हुन् । सन् १९५९मा रिलिज भएको फिल्म ‘दिल देके दोखो’ फिल्म ब्लकबस्टर सावित भएको थियो जसमा पारेख शम्मी कपुरको अपोजिटमा थिइन् ।

आशा पारेखले बलिउडमा ९५ वटा फिल्ममा काम गरेकी छन् । ११ पटक उनलाई लाइफटाइम अचिभमेन्टबाट सम्मान गरिएको छ ।

प्रकाशित : 27 September, 2022

प्रतिक्रिया दिनुहोस्