अञ्जनको ५० औँ खेलमा पहिलो ह्याट्रिक : बंगलादेशमाथि नेपालको सानदार जित

सहयात्रा टिभी

काठमाडाै । असोज १२, अञ्जन विष्टको पहिलो अन्तर्राष्ट्रिक ह्याट्रिक मद्दतमा नेपालले मंगलबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३-१ अन्तरले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको फिफाबाट मान्यता प्राप्त एक मात्र मैत्रीपूर्ण खेलमा अञ्जनले २० मिनेटको अन्तरमा ह्याट्रिक गोल गरेका थिए। राष्ट्रिय टोलीका लागि उनको यो पहिलो ह्याट्रिक हो। अञ्जनको यो ५०औं अन्तर्राष्ट्रिय खेल हो। उनले मध्यान्तरअघि नै बंगलादेशविरुद्ध ह्याट्रिक लगाएका थिए । बंगलादेशका हुसैन बादसाले एक गोल फर्काए । जितसँगै नेपालले बंगलादेशविरुद्ध अपराजित यात्रा पाँचौं खेलमा पुयाएको छ ।

६ महिनापछि अञ्जन राष्ट्रिय टोलीमा फर्किएका हुन् । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १० सिनियर खेलाडीलाई टोलीबाट बाहिर राखेका थिए त्यही १० खेलाडीमा अञ्जन पनि थिए । कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले अलमुताइरीले निकालेका १० मध्ये नौ खेलाडीलाई बंगलादेशविरुद्ध पुनरागमन गराए। स्ट्राइकर अञ्जनले आफ्नो पुनरागमनलाई सानदार बनाए। उनले खेलको १८औँ मिनेटमा पहिलो गोल गरे ।

अञ्जनले नेपाललाई १(० को अग्रता दिलाउँदा विमल घर्तीमगरले दायाँ साइडबाट प्रहार गरेको फ्रिकिकमा हेडिङ गोल गरेका थिए । खेलको २७औँ मिनेटमा अञ्जनले बंगलादेशी गोलरक्षक अनिसुर रहमानबाट रिबाउन्ड भएको बललाई गोलको दिशा दिए। खेलको ३८औं मिनेटमा अञ्जनले ह्याट्रिक पूरा गरे । विशाल राईले प्रहार गरेको फ्रिकिकमा अञ्जनले पेनाल्टी क्षेत्रमा हेडिङ गोल गर्दै व्यक्तिगत पहिलो ह्याट्रिक गरे ।

प्रकाशित : 28 September, 2022

प्रतिक्रिया दिनुहोस्