ट्र्र्याक्टरको चक्कामा परी खोटाङमा एक जनाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । असोज १२, खोटाङमा ट्र्र्याक्टरको चक्कामा परी एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका दिक्तेल बजारबाट दशैँको सामान लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी जाँदै गरेको प्रदेश नम्बर १(०२(००३ त १४९२ नम्बरको ट्र्र्याक्टरले थिच्दा ५६ वर्षीय टेकबहादुर राईको ज्यान गएको हो।

ट्र्र्याक्टरबाट लडेर जमिनमा पुगेका राईलाई त्यही ट्र्र्याक्टरले थिचेको प्रहरीले जनाएको छ । राईको घटनास्थलमै ज्यान गएको थियो ।

 

प्रकाशित : 28 September, 2022

प्रतिक्रिया दिनुहोस्