चाडपर्वलाई लक्षित गरेर यात्रुसँग बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । असोज १२, यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको जनाएको छ।

चाडपर्वको समयमा यात्रुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने विरुद्ध प्रहरीले कारबाही थालेको छ।

बिहान ट्राफिक प्रहरीले काठमाण्डौको कोटेश्वर र नयाँ बसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो।

बढी भाडा तिर्नु परे वा कुनै समस्या परे बस काउन्टर नजिकै रहेको हेल्प डेस्क र प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा खबर गर्न यात्रुलाई प्रहरीको अनुरोध छ ।

अहिले चाडपर्व लक्षित गरेर भिडभाड हुने ठाउँ र टिकट काउन्टरमा हुन सक्ने ठगीलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी भइरहेको छ।

 

प्रकाशित : 28 September, 2022

प्रतिक्रिया दिनुहोस्