कोइराला समूहको बत्तीसपुतलीमा चियापान कार्यक्रम

सहयात्रा टिभी

काठमाडौं । असोज १३, पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीप्रति असन्तुष्ट कांग्रेसको शेखर कोइराला पक्षले चियापान कार्यक्रम आयोजना गरेको छ।

कोइरालाले आज बिहान काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत सहभागी छन् ।

यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु पनि आजको चियापान कार्यक्रममा भने सहभागी छन् ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको कोइराला पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो । पार्टी कमिटीहरुमा सम्मानजनक स्थान नपाएको भन्दै कोइराला पक्षले आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छ ।

प्रकाशित : 29 September, 2022

प्रतिक्रिया दिनुहोस्