राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपो मार्फत ३० अर्ब बजारमा पठाउँदै

सहयात्रा टिभी

काठमाडौं । असोज १३, नेपाल राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा ३० अर्ब तरलता पठाउने भएको जनाएको छ ।

शनिबारदेखि लगातार ८ दिन सार्वजनिक बिदा रहेकोले उक्त अवधिमा आवश्यक तरलताको व्यवस्थापन गर्न १४ दिन अवधिका लागि उक्त रिपो जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ।

बिहीबार बोलकबोल भएर बिहीबार नै जारी हुने उक्त रिपोका लागि बैंकहरुले न्यूनतम १० करोड वा सोभन्दा माथि १० करोडले भाग जाने अंकमा अवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

उक्त रिपोको अवधि २७ असोजसम्म रहनेछ । बिहीबार नै खुला बजार कारोबारसम्बन्धी विनियमावली संशोधन गर्दै स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थामा दशैंमा हुने लामो बिदामा सहजीकरण गर्ने व्यवस्था गरेको थियो

प्रकाशित : 29 September, 2022

प्रतिक्रिया दिनुहोस्