नेविसंघ कार्यकर्ता विवेक लामाले शंकरदेवका प्राध्यापकमाथि अभद्र व्यवहार गरे

काठमाडौं । असोज १३, बिहीबार शंकरदेव क्याम्पसका उपप्राध्यापक रवीन्द्र भट्टराईलाई नेविसंघका कार्यकर्ता विवेक लामाले अभद्र व्यवहार गरेको जानकारी प्राप्त भएको छ ।
उपप्राध्यापक भट्टराईलाई लामाले आफूले सिफारिस गरेको विद्यार्थी भर्ना गर्न दबाव दिँदै आएका थिए ।नियम बाहिर गएर भर्ना गर्न नमानेपछि भट्टराईलाई लामाले अभद्र व्यवहार गरेका हुन् ।
उनी गत वर्ष पनि सहायक क्याम्पस धनराज चालिसेलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । लामाले विगतमा पनि शिक्षण संस्थाभित्र अभद्र व्यवहार गर्ने गरेको पृष्ठभूमि भेटिएको छ ।