डडेलधुराका मुख्य राजमार्गमा पहिरोका कारण सडक अबरुध

काठमाडौ । असोज २३,पहिरोका कारण सुदूरपश्चिमका मुख्य राजमार्ग अबरुध भएको जनाएको छ । डडेलधुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ । लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरु बन्द भएका छन् । यस्तै, पहिरो जाँदा महाकाली राजमार्ग पनि बन्द भएको छ ।
आज बिहान खसेको पहिरोले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक बन्द भएको हो । सडक खुलाउन उपकरण पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।