डडेल्धुराबाट आरजुमार्फत देउवाले  उम्मेदवारी दर्ता गराए

सहयात्रा टिभी

काठमाडौ । असोज २३, प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको जनाएको छ ।

कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् ।

डडेल्धुरामा सत्तारुढ गठबन्धन नगर्ने निर्णय गरेको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा एकल उम्मेदवारी दिएको हो ।

प्रकाशित : 9 October, 2022

प्रतिक्रिया दिनुहोस्