पहिरोले घर बगाउँदा कालिकोटको तिलागुफामा ५ जना बेपत्ता

सहयात्रा टिभी

काठमाडौ । असोज २३, कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ७ मा एउटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएको छ ।


स्थानीय ध्रुवराराज बिष्टको घर पहिरोले बगाउँदा उहाँको परिवारका पाँच जना सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिनुभयो ।

आज बिहान पहिरोले घर बगाएको सूचना आउने बित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । कालिकोट लगायत कर्णाली प्रदेशका धेरै ठाउँमा लगातार पानी परिरहेको छ । वर्षाले कर्णाली राजमार्ग पनि अवरुद्ध छ ।

प्रकाशित : 9 October, 2022

प्रतिक्रिया दिनुहोस्