कोरोना संक्रमण २४ घण्टामा २२ जना पुष्टि

सहयात्रा टिभी

काठमाडौ । असोज २३, पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

पीसीआर र एन्टीजेन गरी एक हजार सात सय ६१ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप २३ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच सय ७० जनामा झरेको छ ।

थप १९ हजार चार सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 9 October, 2022

प्रतिक्रिया दिनुहोस्