लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएका १३ जना बेपत्ता

सहयात्रा टिभी

काठमाडौ । असोज २४, कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाले करिब १०० घर स्थानीयवासी कालिका माविमा आश्रय लिएर बसेको पनि प्रजिअ शर्माले बताए ।

बालबालिकाहरुसमेत गरी ५ सय जतिले स्कुलमा आश्रय लिएर बसेको प्रजिअ शर्माले जानकारी दिए । मौसम सुधार भएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी भईरहेको जानकारी प्राप्त भयो ।

प्रकाशित : 10 October, 2022

प्रतिक्रिया दिनुहोस्