डेंगुका कारण सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयूमा

काठमाडौ । असोज २४, सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको जनाएको छ ।
ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो ।
१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।
किष्ट मेडिकल कलेजका निर्देशक एवम् प्रा।डा। सुरज बज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको छ ।
किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै घरमा रहेको बेलामा पनि नर्सिङ सेवा उपलब्ध गराउँदै आएको छ ।