हुम्लामा पहिरोले घर पुर्दा ४ को मृत्यु ५ घाइते

सहयात्रा टिभी

काठमाडौ । असोज २४, पहिरोले घर पुर्दा हुम्लामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको जानकारी प्राप्त भएको छ ।


लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् । ५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित : 10 October, 2022

प्रतिक्रिया दिनुहोस्