भारतिय पूर्व मुख्यमन्त्री यादवको ८२ वर्षको उमेरमा निधन

काठमाडौ । असोज २४, भारतको समाजवादी पार्टीका संस्थापक एवम् उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको सञ्चारमाध्यमले जनाएका छन् ।
केही दिनदेखि बिरामी रहेका यादवको आज ८२ वर्षको उमेरमा गुरुग्राममा रहेको मेदान्त अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पिसाबको संक्रमणसँगै रक्तचाप र श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई एक हप्ता अघि अस्पताल लगिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै यादव लोकतन्त्रका लागि एक प्रमुख सैनिक भएका उल्लेख गर्नु भएको छ । यादव सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बन्नु भएको थियो ।