राष्ट्र बैंकले १८ अर्ब २५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै

सहयात्रा टिभी

काठमाडौ । असोज २४, नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको जनाएको छ ।

केन्द्रीय बैंकले १८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको फरक फरक ४ वटा ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागेको हो । सोमबार बोलकबोल हुने ट्रेजरी बिलको निष्कासन भने २५ असोजमा हुनेछ ।

२५ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत् नवीकरण हुने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित : 10 October, 2022

प्रतिक्रिया दिनुहोस्