ठूलो वर्षापछि भेनेजुएलामा पहिरो,२२ जनाको ज्यान गयो ५२ जना बेपत्ता
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौ । असोज २४, भेनेजुएलामा ठूलो वर्षापछि आएको पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ५२ जना बेपत्ता भएको बीबीसीले जनाएको छ ।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम भइरहेको बताएका बीबीसीले जनाएको छ ।
भेनेजुएलाको लस तेजरियास सहरमा पहिरो गएको हो । पहिरो प्रभावितको खोज तथा उद्धारका लागि एक हजार जना उद्धारकर्मी खटिएका छन् । राष्ट्रपति निकोलस मडुरोले स्थिति कठिन र पीडादायी भएको बताउनु भएको छ । एजेन्सी