मुख्यमन्त्री पोखरेल द्धारा गण्डकीमा राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

सहयात्रा टिभी

काठमाडौ । असोज २४, गण्डकीमा ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका छन् ।

विभिन्न ६ प्रदेश र विभन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश आइपुगेको छ । ट्रफी सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकीले ट्रफी प्रदर्शन गर्न पाउनु गौरवको विषय रहेको सुनाए ।

नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसै संस्करणदेखि नयाँ ट्रफी ल्याएको हो । सुन र चाँदीजडित ट्रफीको मूल्य १० लाख रुपैयाँ रहेको आयोजक राखेपले जनाएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा ‘ट्रफी टुर’ कार्यक्रम संयोजक एवं ओलम्पियन दीपक विष्ट, साग पदकधारी एवं कराँतेका प्रशिक्षक दीपक श्रेष्ठ, महिला भलिबलकी राष्ट्रिय टिम कप्तान अरुणा शाही र विश्व अल्ट्रा धाविका मिरा राई सहभागी थिए ।

गण्डकीमा हुन लागेको करिब ४ दशकपछि दोस्रो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको हो । यसअघि २०४० सालमा पहिलोपटक दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो ।

औपचारिक रुपमा असोज २८ गतेदेखि प्रतियोगिता सुरु हुने भए पनि पुरुष प्रतियोगिता एक महिना अगाडि नै काठमाडौंमा भइसकेको छ । आइतबारदेखि पोखरामा महिला क्रिकेट सुरु भएको छ । सोमबारबाट ह्यान्डबल र फेन्सिङ सुरु भएको छ ।

प्रकाशित : 10 October, 2022

प्रतिक्रिया दिनुहोस्