प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई हटाउने तयारी

सहयात्रा टिभी

काठमाडौं । असोज २५, प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका जानकारी प्राप्त भएको छ ।

यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्दैछन् । गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ ।

सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ । प्रधानमन्त्रीले मन्त्रीहरु हटाए पनि नयाँ नियुक्त गर्न भने पाउने छैनन् । निर्वाचन आयोगका अधिकारीहरु पनि नयाँ मन्त्री नियुक्ति आचारसंहिता विपरीत हुने बताउँछन् ।

२०७८ जेठमा प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् निस्तेज पारिदिएको थियो । त्यो मुद्दा अहिले पनि विचाराधीन छ ।

प्रकाशित : 11 October, 2022

प्रतिक्रिया दिनुहोस्