महानगरपालिकामा स्मार्ट सडक बत्ती जडानमा ढिलाइ

सहयात्रा टिभी

काठमाडौं । असोज २५, काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा स्मार्ट ‘स्मार्ट स्ट्रिट लाइट’ सडक बत्ती जडानमा ढिलाइ भएको जनाएको छ ।

विद्युत् प्राधिकरणसँग काठमाडौं महानगरपालिकाले नयाँ शर्तहरु राखेपछि सडक बत्ती जडानमा ढिलाइ भएको हो ।

सडक बत्ती जडानबारे २५ मंसिर, २०७७ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करिब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भनिएको थियो ।

विद्युत् प्राधिकरणको ऊर्जा दक्षता विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवालीका अनुसार काठमाडौं महानगरपालिकाको मागअनुसार केही दिनमै पुरक सम्झौता हुनेछ । त्यसपछि सडक बत्ती जडानको काम प्रक्रिया अघि बढ्ने उनले बताए ।

पालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ । ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा सडक बत्ती जोडिरहेको छ ।

स्मार्ट लाइट सिस्टमको कन्ट्रोल रुम विद्युत् प्राधिकरणमै राखिएको छ । कम्प्युटर प्रणालीमा आधारित स्मार्ट लाइट तालिकाअनुसार स्वचालित रुपमा बल्ने र निभ्ने हुन्छ । यो प्रणालीबाट विद्युत् खपत पनि कम हुन्छ ।

सडकमा सोलार वा अन्य बत्तीभन्दा यसले बढी उज्यालो दिन्छ । मध्यरातमा सडकमा मान्छे र सवारीको आवतजावत कम हुँदा लाइनमा रहेका ४ मध्ये एउटा मात्रै लाइट बल्छ ।

यो लाइट साँझको समयमा बढी चहकिलो बल्छ । यस किसिमका सडक बत्ती चीन, जापान, डेनमार्कलगायतका देशमा प्रयोगमा छन् ।

 

प्रकाशित : 11 October, 2022

प्रतिक्रिया दिनुहोस्