पहिरोका कारण कर्णाली राजमार्ग बन्दले जनजीवन कष्टकर

सहयात्रा टिभी

काठमाडौँ । असोज २६, कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको जानकारी प्राप्त भएको छ । कर्णाली राजमार्ग बन्द हुँदा नागरिकको जनजीवन कष्टकर भएको छ ।

सुर्खेतदेखि जुम्लासम्म २ सय ३२ किलोमिटर सडक छ । कर्णाली राजमार्गको हुल्म, सेरीघाट, सुनारखोला, ताडी, खडीखोला, हेर्ने भीर, गल्ली, छेका, मौलाकाटिया, मोल्फा, सिम्लागाड, पिली, सेरावाडा, टाकुल्ला, बाली, भैसेगौडा, टिमुरेभीर, गाल्जे, खल्लागाड, धनाडा, राचुली, भिग्मलगायतका ठाउँमा पहिरो खसेको छ ।

कतिपय ठाउँमा त राजमार्ग थियो भन्ने अनुमान गर्न पनि कठिन छ । वर्षाले कर्णाली करिडोर पनि पूर्ण रुपमा बन्द छ । कर्णाली राजमार्गबाट छुटिएर बाजुरा हुँदै हुुम्लाको सिमाना सल्लीसल्लासम्म ट्रयाक खोलिएको करिडोर पूर्ण रुपमा बन्द भएको हो । कालिकोटका ५ वटा पालिका जोड्ने करिडोर बन्द भएपछि स्थानीय बासीन्दाले आवतजावतमा सास्ती खेप्नुपरेको छ ।

प्रकाशित : 12 October, 2022

प्रतिक्रिया दिनुहोस्