एसियन कप छनोट खेलेर १७ वर्षमुनीको नेपाली फुटबल टोली फर्कियो

सहयात्रा टिभी

काठमाडौँ । असोज २६, एएफसी १७ वर्षमुनिको एसियन कप छनोट खेलेर नेपाली टोली गएराति स्वदेश फर्किएको जनाएको छ ।  टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङलगायतले स्वागत गर्नुभयो ।

व्यवस्थापकीय कमजोरीका कारण टोली मलेसियाको विमानस्थलमा २४ घण्टाको ट्रान्जिट बसेर आइपुगेको हो ।

भियतनाममा भएको छनोटमा नेपाल जितविहीन रहेको थियो । नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाईनिज ताईपेसँग ४–२ गोलले पराजित भएको थियो । तीन वटा खेलमा १२ गोल खाएको नेपालले २ गोल मात्रै फर्काएको थियो ।

 

प्रकाशित : 12 October, 2022

प्रतिक्रिया दिनुहोस्