बीपीएचका विद्यार्थी प्रवेश परीक्षाबाट बञ्चित हुने चिन्ता

काठमाडौँ । असोज २६, नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स प्रमाणपत्र ढिला वितरण गर्दा बीपीएचका परीक्षार्थी स्नातकोत्तर तहको फाराम भर्न बञ्चित हुने भएका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदले जनस्वास्थको बीपीएच लाइसेन्स प्रमाणपत्र परीक्षा असोज १ गते सञ्चालन गरेको थियो । परिषद्ले परीक्षाको नतिजा असोज ६ गते सार्वजकि गर्दै लाइसेन्स प्रमाण पत्र दशैंपछिदेखि वितरण गर्ने सूचना जारी गर्यो ।
तर परिषद्ले फेरि असोज २४ गते अर्को सुचना सार्वजनिक गर्दै प्रमाणपत्र कात्तिक १४ बाट मात्रै बितरण सुरु हुने जनाएको छ । परीक्षार्थीहरुका अनुसार बीपीएचको लाइसेन्स प्रमाणपत्र कार्तिक १७ गते वितरण हुनेछ ।
चिकित्सा शिक्षा आयोगले असोज १४ गते सार्वजनिक गरेको सूचना अनुसार स्नातकोत्तर तहको प्रवेश परीक्षाको लागि कार्तिक १६ भित्र फाराम भरिसक्नुपर्नेछ । फाराम भर्नका लागि परिषदको लाइसेन्स प्रमाणपत्र अनिवार्य भनिएको छ ।
आयोगको सूचना अनुसार स्नातकोत्तर तह प्रवेश परीक्षाको फाराम भर्ने अन्तिम मिति कार्तिक १६ गतेसम्म छ । परिषद्ले बीपीएचको लाइसेन्स कात्तिक १७ गते वितरण गर्ने जानकारी दिएको छ ।